Paschim Yatra

Paschim Yatra Online bus ticket booking made easy. Serving Dang & Western Nepal routes with trusted travel partners.

तपाईंको प्रत्येक यात्रालाई स्मार्ट बनाउँदै।
23/04/2026

तपाईंको प्रत्येक यात्रालाई स्मार्ट बनाउँदै।

11/11/2025
25/09/2025

नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिएका छन् ।

नेपाल  यातायात क्षेत्र का धरोहर तथा  त्रिशिदेश्वरि राप्ति यातायात सेवा प्रा. लि .का अध्यक्ष तथा  यातायात क्षेत्रका नेता ...
30/04/2021

नेपाल यातायात क्षेत्र का धरोहर तथा त्रिशिदेश्वरि राप्ति यातायात सेवा प्रा. लि .का अध्यक्ष तथा यातायात क्षेत्रका नेता शुरेस हमाल ज्यु लाई जन्मदिन लाखौ लाख शुभकामना |

04/04/2021

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्ने सडक यही झुम्के डाँडा हुँदै अघि बढेको छ ....

मसोटमा बिग्रिएको सडक मर्मतका लागि घोराही लमही सडकखण्ड ५ दिन बन्द हुने भएको छ । मसोटको विभिन्न ठाउँमा बिग्रएका मोडहरु मर्...
02/04/2021

मसोटमा बिग्रिएको सडक मर्मतका लागि घोराही लमही सडकखण्ड ५ दिन बन्द हुने भएको छ । मसोटको विभिन्न ठाउँमा बिग्रएका मोडहरु मर्मत गर्नका लागि पर्सी चैत २२ गते देखी २६ गते सम्म घोराही लमही सडकखण्ड बन्द हुने भएको हो ।

 #जखेराताल
22/03/2021

#जखेराताल

Jakhera Lake based in Lamahi Municipality-5 of Dang — a district lying in the lap of Chure Hills — is gradually gaining popularity as a destination for touri...

24/09/2018

दाङ–काठमाडौं भाडा ८४६ (हेर्नुस् दाङबाट छुट्ने गाडिको भाडादर)

सरकारले दाङ देखि काठमाडौं सम्मको भाडा आठसय ४६ तोकेको छ । १० प्रतिशत भाडा बढाउने सहमती अनुसार दाङ–काठमाडौंसम्मको भाडा सात सय ६९बाट बढाएर आठ सय ४६ बनाउएको हो । दाङ देखि काठमाडौंसम्मको दुरी ४ सय ३५ किलोमिटर छ ।

त्यस्तै तुलसीपुर देखी रुकुम खलंगासम्मको भाडा चारसय ९८ पु¥याएको छ । एक सय ४९ किलोमिटर रहेको सोही ठाउँका लागि यस अघि ४ सय ५३ भाडा थियो ।

त्यस्तै ६३ किलोमिटर रहेको तुलसीपुर–सल्यानको भाडा एक सय ५८ बनाएको छ । यस अघि एकसय ४४ थियो ।त्यस्तै तुलसीपुर–तानसेनको भाडा चारसय ४७ कायम गरेको छ । २ सय १४ किलोमिटर रहेको सोही ठाउँका लागि यस अघि चारसय ६ भाडा थियो ।

त्यस्तै तुलसीपुर–नारायणघट–बाग्लुङ–पोखरासम्मको भाडा आठ सय ४ कायम गरिएको छ । ४ सय १६ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि सत सय ३१ भाडा कायम गरिएको थियो ।

त्यस्तै दाङ तुलसीपुर–स्याङ्जा–पोखरा– बागलुङका लागि नौ सय ८९ भाडादर कायम गरिएको छ । ४सय ७६ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि ८ सय ९९ भाडा थियो ।
त्यस्तै तुलसीपुर–घोराही–नेपालगंजका लागि ३ सय ६३ भाडादर कायम गरिएको छ । ४ सय ८३ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि सय अघि तीन सय ३० थियो ।

त्यस्तै तुलसीपुर–बिराटनगरका लागि एक हजार दुई सय ८३ भाडादर कायम गरिएको छ । ६ सय ८८ किलोमिटर रहेको सोही ठाउँका लागि यसअघि एक हजार एक सय ६६ भडा थियो ।

त्यस्तै तुलसीपुर–बिरगंजका लागि ७ सय ८५ भाडा कायम गरिएको छ । ४ सय २० किलोमिटर रहेको उक्त क्षेत्रमा यस अघि सात सय १४ भाडा थियो ।

त्यस्तै तुलसीपुर–बुटवलका लागि तीन सय ४० भाडा कायम गरिएको छ । एकसय ७२ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि तीनसय नौ भाडादर कायम गरिएको थियो ।

त्यस्तै दाङ–भैरहवाका लागि तीनसय ८० भाडादर कायम गरिएको छ । एक सय ९२ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि तीन सय ४५ भाडा थियो ।

त्यस्तै तुलसीपुर–महेन्द्रनगरका लागि ६ सय ६२ भाडादर कायम गरिएको छ । तीन सय ५५ किलोमिटर दुरी रहेको सोही ठाउँका लागि यस अघि ६ सय २ भाडा थियो ।

त्यस्तै तुलसीपुर–लमही–सुर्खेतका लागि ५ सय ३२ भाडादर कायम गरिएको छ । २ सय ४६ किलोमिटर दुरी रहेको सोही ठाउँका ागि यस अघि ४ सय ४८ भाडा कायम गरिएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

न्यूनतम चार किलोमिटरभित्र न्युनतम १४ रुपैयाँ कायम गरिएको छ । ५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ८ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २७ रुपैयाँसम्म तिर्नुपर्ने पर्ने भएको छ ।

नारायणगढ-मुग्लिनको सबै खण्डमा कालोपत्रे, दैनिक ६ घण्टा बन्द पनि हट्यो २३ जेठ, चितवन । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडक...
06/06/2018

नारायणगढ-मुग्लिनको सबै खण्डमा कालोपत्रे, दैनिक ६ घण्टा बन्द पनि हट्यो

२३ जेठ, चितवन । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ ।

मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन ।

सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द आजबाट हटाइएको छ,’ सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले भने, ‘अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन ।’

गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ-मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाका सूचना अधिकारी खनालले भत्काइएको तीन वर्षपछि सडकखण्ड पूर्णरुपमा कालोपत्रे गर्न सफल भएको जानकारी दिए ।

राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिमा निर्वाचित पदाधिकारी हरुकाे विशेष कार्यक्रमका बिच सपथ तथा पदस्थापन कार्यक...
12/03/2018

राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिमा निर्वाचित पदाधिकारी हरुकाे विशेष कार्यक्रमका बिच सपथ तथा पदस्थापन कार्यक्रम ।
फाल्गुन २८, प्रधान कार्यालय तुलसिपुर दाङ ।

राप्ती अंचल सार्वजनिक यातायात ब्यबसायी समिति काे अध्यक्ष मा निर्बिराेध निर्बाचित हुनु भएकोमा अादर्णिय ब्यक्तिव सुरेश हमा...
11/03/2018

राप्ती अंचल सार्वजनिक यातायात ब्यबसायी समिति काे अध्यक्ष मा निर्बिराेध निर्बाचित हुनु भएकोमा अादर्णिय ब्यक्तिव सुरेश हमाल राजा लाई हार्दिक हार्दिक बधाई एबम कार्यकाल सफलताको शुभकामना ।

Address

Ghorahi
Dang District
22400

Website

Alerts

Be the first to know and let us send you an email when Paschim Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share